काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने बताएका हुन् ।
काठमाडौंमा शुक्रवार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले पार्टी केन्द्रिय समितिको प्रभावकारिताका लागि आफ्नो टिममा छुटेका नेताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।
थापाले पार्टीको आन्तरिक निर्वाचनलाई ‘जित र हार’को अन्तिम मानकका रूपमा नहेर्न आग्रह गरे । उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धाका लागि मात्र भएको भन्दै त्यसलाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको स्पष्ट पारे ।
थापाले आफूलाई केन्द्रिय समितिमा सहयोग गर्न सक्ने थुप्रै क्षमतावान् नेताहरू अहिलेको संरचनामा नअटेको स्वीकार गर्दै उनीहरूलाई संगठनको काममा सक्रिय रूपमा संलग्न गराउने कार्ययोजना रहेको बताए। उनले पार्टीको संगठनात्मक संरचना पूर्णता दिने प्रक्रियालाई छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘केन्द्रिय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्त्वपूर्ण जिम्मेवारी हो । पार्टीको केन्द्रिय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यस पटक छुट्नुभएको छ । कोही प्रतिस्पर्धामा सहभागी हुनुभएन भने कोही प्रतिस्पर्धाबाट निर्वाचित हुन सक्नुभएन । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन । पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्नु आवश्यक छ । छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु । यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौँ ।’
सभापति थापाले पार्टीभित्रको एकता नै अहिलेको मुख्य आवश्यकता रहेको भन्दै गुटगत प्रभाव भन्दा माथि उठेर काम गर्ने संकेत गरे ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ वटा अध्यादेश जारी गरेका छन् । साथै एक वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सरकारको...
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा स्वीकृत गरेका हुन् । कञ्चनपुर क्षेत्र नम्बर १...
जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई...
काठमाडौँ। आज काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ। बस शुक्रबार दिउँसो खुर्कोटस्थित सडकबाट पल्टिएको हो। अहिले उद्धारको क्रम चलिरहेको सिन्धुली जिल्ला प्रहरी...
काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले नेपाल विशेष...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend