Nepal Face
  • बुधबार, २८ असोज २०८३
  • मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ ‘होल्ड’


    बुधबार, असोज २८ २०८३
    110
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले खरेलमाथि विभिन्न प्रश्न उठाएपछि उनको सुनुवाइ ‘होल्ड’गरिएको हो।

    रास्वपाका सांसद मधुकुमार चौलागाईं र राजीव खत्रीले खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता,म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा योग्यतासम्बन्धी प्रश्न उठाएका थिए। त्यसपछि समितिले उनीमाथि उठेका विषयमा थप अध्ययन गर्ने भन्दै सुनुवाइ प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।

    समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलमाथि उठेका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले सुनुवाइ केही समयका लागि’होल्ड’ गरिएको जानकारी दिए।

    समिति बैठकमा प्रस्तावित राजदूत खरेलले भने आफूमाथि लगाइएका आरोपहरू तथ्यहीन र प्रमाणविहीन भएको दाबी गरेका थिए।’माथि उठाइएका विषयमा मेरो कुनै संलग्न छैन।

    मैले अहिलेसम्म कुनै पनि व्यक्तिबाट पैसा लिएको छैन। अनुदान मिलाइदिन्छु भनेको छैन। पोखराको जग्गाको बारेमा केही थाहा छैन,’उनले भने,’आर्थिक लेनदेन कोहीसँग गरेको छैन।ु

    असोज २ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १३ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार