काठमाडौँ। नेपाली काँग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा सहमहामन्त्रीमा विजय भएका छन्।लामा आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित विजय भएका हुन्।
उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्।
आदिवासी जनजातिकै महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए।
यस्तै, जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा. गंगालक्ष्मी अवाल २७६८, रेणुका काउछ मगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सिता कुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लिलादेवी बोखिम लिम्बु १६८१, पुनम लामा १६३६ मत प्राप्त गरेका छन्।
यस्तैगरी, जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ तीर्थ लामा ४ हजार ४२५, ई।अनुप श्रेष्ठ २ हजार ५५१, डा। प्रेमध्वज लामा २ हजार ५०५, कर्मा छेरिङ शेर्पा २ हजार ४०६, टेकप्रसाद गुरुङ २ हजार ९०, भीम श्रीस मगर २ हजार ४६, रामकृष्ण चित्रकार १ हजार ९८२, बुद्ध लामा १ हजार ९५६, गेल्जे लामा शेर्पा १ हजार ८१९, वंशलाल तामाङ १ हजार ७५६, अमृत गुरुङ १ हजार ६८९ र सुशील गुरुङ १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । पहिलो बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत पुगेका...
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन्। उनले...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ । सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणको लागि...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend