Nepal Face
  • बुधबार, २८ असोज २०८३
  • महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला


    बुधबार, असोज २८ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कञ्चनपुर । भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ।

    भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो । नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार थारूको शव रहेको स्थान पहिचान भइसकेको छ। तार तान्ने क्रममा उनी त्यहीँ अड्किएको हुन सक्ने उनले बताए।

    उनका अनुसार आवश्यक परे पानीको बहाव कम गर्न जेसीबी प्रयोग गर्ने तयारीसमेत गरिएको छ।

    दुई साताअघि दोधाराचाँदनी जोड्ने झोलुंगे पुल भत्किएको थियो। पुल भत्किएसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो। सोही तार तान्ने क्रममा डुंगा अनियन्त्रित हुँदा थारू महाकाली नदीमा बेपत्ता भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार