काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।
मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियानको सुरुवात गर्दै उनले यस्तो बताएका हुन् । उनले वैज्ञानिक तथ्य, तथ्यांक र अनुसन्धानलाई आधार बनाएर विपद्सम्बन्धी नीति निर्माण बनाउन आवश्यक रहेको बताए । विपद्का व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वतः सक्रिय हुने संयन्त्र विकास गर्नुपर्ने उनको भनाई छ । विपद् व्यवस्थापनका संयन्त्रलाई आवश्यकताअनुसार स्वतः परिचालित हुने गरी तयार गर्न सकेमा मात्रै भविष्यका चुनौती सामना गर्न सहज हुने उनले बताए।
विपद्का बदलिँदा स्वरूप र जोखिमका संकेतलाई ध्यानमा राखेर आगामी दिनमा पनि पूर्वतयारीलाई पनि निरन्तरता दिनुपर्ने उनको भनाई छ । उनले विपद् आउनुअघिको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
सरकारले भिजुअलमा आधारित अनुगमन प्रणाली विकास गरेपनि पर्याप्त नभएको उनको भनाई छ । उपलब्ध तथ्यांकको आदानप्रदान र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट विपद्का सम्भावित जोखिम तथा घटनाका ढाँचा पहिचान गर्न सकिने उनको भनाई छ । नेपालमा विपद्का प्रकृति फरक–फरक रहेकाले त्यसअनुसार तयारी गर्नुपर्नेमा उनले जोड दिए ।
पछिल्लो समय नेपालमा देखिएका बाढीको प्रकृति परिवर्तनप्रति पनि शतर्क रहनुपर्ने उनले बताए। माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य कारणले बहावमा परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिमको पूर्वानुमान र निगरानीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘हाम्रो देशमा विपद्का प्रकृति पनि फरक-फरक छन् । हामी भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छौँ, जहाँ सक्रिय फल्ट लाइनका कारण भूकम्पको जोखिम रहन्छ । बाढीको प्रकृति हेर्दा पनि विभिन्न प्रकारका जोखिम देखिन्छन् । एउटा मनसुनी प्रणाली तथा बंगालको खाडीबाट आउने मौसमी प्रणालीका कारण उत्पन्न हुने बाढी हो भने अर्को हिमताल फुट्ने, पहिरोका कारण नदी थुनिने वा अन्य अवरोध फुटेर अचानक ठूलो बहाव आउने प्रकृतिको बाढी हो । यी फरक प्रकृतिका विपद्का लागि फरक किसिमको पूर्वतयारी आवश्यक हुन्छ । त्यसैले विपद्को प्रकृतिअनुसार राहत, उद्धार र व्यवस्थापनका लागि आवश्यक सामग्री तथा उपकरणको पूर्वतयारी गर्नुपर्छ ।
भूकम्पीय गतिविधिसम्बन्धी वैज्ञानिक अध्ययन र अनुसन्धानका निष्कर्षहरूलाई पनि नीतिनिर्माणसँग जोड्न आवश्यक छ । हाम्रो नीति वैज्ञानिक तथ्य, तथ्यांक र प्रमाणका आधारमा निर्देशित हुनुपर्छ । व्यक्ति केन्द्रित व्यवस्थाभन्दा प्रणाली केन्द्रित संयन्त्र बलियो हुनुपर्छ । विपद् आइपर्दा आवश्यक संयन्त्र स्वतः सक्रिय हुने व्यवस्था विकास गर्न सक्नुपर्छ । कुनै एक व्यक्तिको उपस्थिति वा निर्णयमा मात्र निर्भर नभई आवश्यकता र परिस्थितिअनुसार प्रभावकारी रूपमा परिचालित हुन सक्ने प्रणाली निर्माण गर्नुपर्छ । हामीले यस्तो बलियो, वैज्ञानिक र आवश्यकताअनुसार परिचालित हुने प्रणाली विकास गर्न सक्यौँ भने नेपाली जनताको सहनशीलता र विपद्सँग जुध्ने क्षमतालाई अझ सुदृढ बनाउन सक्छौँ । बदलिँदो जोखिमको प्रकृतिलाई बुझ्दै वैज्ञानिक अध्ययन, प्रभावकारी अनुगमन, आवश्यक स्रोतसाधनको पूर्वतयारी, मानसिक स्वास्थ्यको संरक्षण र बलियो संस्थागत संयन्त्र निर्माणमा हामी सबैले ध्यान दिनुपर्छ ।’
उनले विपद्पछिको उद्धार र राहतसँगै पूर्वतयारी, प्रभावकारी अनुगमन, आवश्यक उपकरणको व्यवस्थापन तथा विपद्पछिको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । विपद्पछिको अवस्थाले धेरै परिवारमा मानसिक आघात पर्ने गरेको उनको भनाई छ । बालबालिकामा डर र त्रास देखिने तथा प्रभावित व्यक्तिहरूमा पोस्ट ट्रमासम्बन्धी समस्या देखिन सक्ने भएकाले मानसिक स्वास्थ्यलाई समेटेर समग्र कार्यढाँचा बनाउनुपर्नेमा उनले जोड दिए । उनले आगामी दिनमा भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक तथ्य तथा परम्परागत रैथाने ज्ञानलाई समेत मिश्रण गरेर बनाउनुपर्ने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । पहिलो बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत पुगेका...
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन्। उनले...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ । सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणको लागि...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend