काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४औं समूह)पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानुनको शासन कायम गर्न निर्देशन दिएका छन्।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शाहले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी र अनुशासन नै मुख्य आधार भएको बताए। करिब १६ महिना लामो कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतलाई बधाई दिँदै प्रधानमन्त्री शाहले पेशागत मर्यादा र नैतिकतामा जोड दिए।
‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु,’ शाहले भने, ‘अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमान्दारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु।’
प्रधानमन्त्री शाहले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए।
‘बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नु आवश्यक छ। यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ शाहले भने।
प्रहरी अधिकारीलाई सङ्गठनको प्रोटोकल विपरितका व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न सचेत गराए। नागरिकको जिउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उनले आग्रह गरे।
‘संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु,’ उनले थपे, ‘शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको हो।’
कार्यक्रममा प्रशिक्षार्थीका अभिभावक र प्रहरी नेतृत्वको उपस्थिति रहेको थियो। तालिम पूरा गरेका अधिकृतले अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। तर, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने...
काठमाडौं। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा...
काठमाडौँ। दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ । उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend