Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, ७ जना घाइते 


    सोमबार, असोज २६ २०८३
    100
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपरासी पश्चिम बर्दघाट नगरपालिका -४ मा दुर्घटना भएको छ। दुर्घटनामा चालक,सहचालिकसहित सातजना घाइते भएका छन्।

    सोमबार बिहान साढे ७ बजेतिर काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

    बसमा करिब ४०-४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल,चिसापानी पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य र मध्यम रहेको बर्दघाट प्रहरीले जनाएको छ।

    बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक नम्बर HR 39 G 2876 मा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

    दुर्घटनापछि केही समय अवरोध बनेको पूर्व-पश्चिम राजमार्गमा यातायात पूर्णरूपमा सञ्चालनमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार