Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • काठमाडौं महानगरका न्यौपाने गोसाइकुण्ड गएनन्, रवाना नदिए कार्यालय प्रमुखबाटै तलब असुलउपर गरिने


    बुधबार, असोज २१ २०८३
    530
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको भदौ ३० गते एक विज्ञप्ति जारी गर्दै सरुवा भइसकेका कर्मचारीहरूलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखिराख्ने र त्यहीँबाट तलब खुवाउने प्रवृत्ति बढेपछि रवाना नदिने कार्यालय प्रमुखलाई जिम्मेवार बनाउन कडा निर्देशन दिएको थियो ।

    सरुवा भएका निजामती कर्मचारीहरूलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रवाना दिनुपर्ने र नदिएमा त्यस्ता कर्मचारीको तलब भत्ता भुक्तानी गर्ने कार्यालय प्रमुखबाटै रकम असुलउपर गर्ने कडा चेतावनी सामान्य प्रशासन मन्त्रालयले दिएको थियो ।

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भइसकेका कर्मचारीहरूलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखिराख्ने र त्यहीँबाट तलब खुवाउने प्रवृत्ति बढेको भन्दै यस्तो निर्णय गरेको थियो । तर सामान्य प्रशासन मन्त्रालयको उक्त निर्देशनको पालना अझै पनि कतिपय कार्यालयले गरेका छैनन् ।

    वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सोर्सफोर्स लगाउने र खटाएको कार्यालयमा नजाने कर्मचारीलाई कारबाही गर्दैआएको छ । तर काठमाडौं महानगरपालिकाको वित्त बिभागका आठौं तहका कर्मचारी श्याम न्यौपाने भने अझै पनि पावर लगाएरै सरुवा रोक्न लागिपरेका छन् । १५ दिनअघि असोज ५ गते उनको सरुवा गोसाईकुण्ड गाउँपालिका रसुवामा भएको छ । तर उनी खटाएको कार्यालयमा नगई पावर लगाएरै महानगरको बित्त बिभागमै कार्यरत छन् । उनले रवानापत्र बुझेका छैनन् ।

    न्यौपाने सरुवा रोकाउन बिचौलिया नवीन बस्नेतमार्फत् बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसम्म पुगेका छन् । उनको सरुवा बागमती प्रदेश सरकारले गरेको हो । कार्यवाहक मेयर सुनिता डंगोललाई एमाले केन्द्रीय सदस्य अजयक्रान्ति शाक्यमार्फत् मिलाएका न्यौपानेले प्रदेशबाट सरुवा रोकाउन बस्नेतलाई परिचालन गरेको स्रोत बताउँछ ।

    कुनै पनि कर्मचारी सरुवा भएको २१ दिनसम्म रवाना नलिएमा त्यसको तलवभत्ता कार्यालय प्रमुखबाट असुलउपर गर्ने सामान्य प्रशासन मन्त्रालयले निर्णय गरेको छ । सामान्यको परिपत्र अनुसार न्यौपानेले रवाना नलिएमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले दिनुपर्नेछ । यद्यपि, काठमाडौैं महानगरका आठौं तहका श्याम न्यौपानेले आफूलाई गैरकानुनी रुपमा सरुवा गरेको बताउँदैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार