Nepal Face
  • शनिबार, १७ असोज २०८३
  • फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार, बेगनास तालबाट बेपत्ता पुरुषको शव निकालियो


    शनिबार, असोज १७ २०८३
    150
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीले असोज १७ गते साँझ सकुशल उद्धार गरेको छ ।
    अचानक आएको हावाहुरी तथा पानीका कारण चितवनबाट घुम्न आएका ७ जना आन्तरिक पर्यटक चढेको प्याडल बोट डुङ्गा बाँध्ने डोरीको जालोमा परी उनीहरु उक्त तालमा अलपत्र परेका थिए ।
    खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल फेवाताल वाच एण्ड रेस्क्यु टावरबाट खटिएको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
    यसैगरी सोही महानगरपालिका–३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेलापारेको छ ।
    सल्यान जिल्ला घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २५ बर्षीय नरेश बिक असोज १७ गते साँझ उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
    घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्काल परिचालन भएको थियो ।
    परिचालित टोलीले खोजीकार्य गर्दा तालको करीब २५ फिट गहिराईबाट वेपत्ता पुरुषको शव फेला पारी पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार