Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बिस्काः जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश


    बुधबार, चैत्र २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

    बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ ।

    त्यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधिहरुले लगायतका टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रा रोक्ने निर्णय सच्याउन आग्रह गरेको थियो ।

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार