काठमाडौँ । नेपाली काङ्ग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले आफूमाथि भएको साङ्घातिक आक्रमण नेता डा. शेखर कोइरालाकै योजना र निर्देशनमा भएको गम्भीर आरोप लगाएकी छन् ।
नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘नेपाली बहस’ मा नेतृ सङ्ग्रौलाले महाधिवेशन बिथोल्ने योजनाबद्ध षड्यन्त्रअन्तर्गत आफ्नै पार्टीका नेताबाट आपराधिक कृत्य गराइएको दाबी गरेकी हुन् ।
नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत देशभरी शान्तिपूर्णरुपमा अधिवेशन भइरहेका बेला अधिवेशनको विरोध गर्दै आएको कोइरालको निर्वाचन क्षेत्रमा भने रगताम्य घटना भएको हो ।
सङ्ग्रौलाका अनुसार अधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई उर्दी जारी गर्ने, यसअघिदेखि नै हरेक वडा–वडामा पुगेर अधिवेशन भाँड्ने गतिविधि गर्ने र प्रक्रिया नै विथोल्ने प्रयास शेखर कोइराला समूहबाट निरन्तर भइरहेको थियो । सोही शृङ्खलाको उत्कर्षका रूपमा आफूमाथि आक्रमण गराइएको उनको भनाइ छ ।
आक्रमणको अघिल्लो रातको योजनाबारे खुलासा गर्दै नेतृ सङ्ग्रौलाले भनिन्–क्षेत्रीय सभापति देवराज तामाङको घरमा राति ११ बजेसम्म बसेर योजना बनाइएको थियो । मलाई त्यसबारे पूर्वजानकारी नभएको पनि होइन, तर पार्टीप्रति भरोसा भएकाले र लोकतन्त्रमा विमतिहरूलाई संवादमार्फत नै समाधान गर्नुपर्छ भन्ने मान्यताका साथ म त्यहाँ पुगेकी थिएँ ।’
कार्यक्रमस्थल पुगेको १५ मिनेटमै आफूमाथि सुनियोजित रूपमा आक्रमण सुरु भएको पीडा उनले सुनाइन् । ‘मदिरा सेवन गरेका र हतियार बोकेका व्यक्तिहरूले क्षेत्रीय सभापतिकै नेतृत्वमा ममाथि आक्रमण गरे । त्यहाँ उपस्थित उहाँ (शेखर) निकटका मान्छेहरू भने चुपचाप रमिता हेरेर बसिरहे’– सङ्ग्रौलाले आक्रोश व्यक्त गरिन् ।
बुधबार सुन्दरहरैचामा आयोजित अधिवेशनमा भएको घटनामा परी नेपाली कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन् । उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत देशभर उत्साहका साथ अधिवेशनहरू भइरहँदा जिम्मेवार नेताकै आडमा भएको यस्तो हिंसात्मक र आपराधिक घटनाले लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाएको भन्दै उनले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरिन् । लोकतान्त्रिक प्रतिस्पर्धालाई पाखुराको बल र हतियारले दबाउन खोज्ने प्रवृत्ति काङ्ग्रेसभित्र कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उनको अडान थियो ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend