काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ का सुरज राई र रुकुमको हुकामका कलम बुढाको शव आज बुधबार फेला परेको हो।
उनीहरू तीनै जना हिमालय होडिडे नामक ट्राभलसँग आवद्ध रहेको मनाङ प्रशासनले जनाएको छ।
यसअघि चार जनाको शव फेला परेको थियो। आज तीन जनाको शव भेटिएसँगै अहिलेसम्म ७ जनाको शव फेला परेको र अझै ९ जना बेपत्ता रहेको उनको भनाइ छ।
बेपत्ताहुनेहरूमा हिमालयन होलिडेजका ७ र इम्याजिन नेपालका २ जना छन् ।
बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेस सभापतिकै नाममा देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा...
काठमाडौँ। यतिबेला नेपाली काँग्रेस पार्टीमा १५ औं महाधिवेशनले माहोल तातेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २२ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । उनका अनुसार मल कारखाना स्थापनाका...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक तथा विज्ञतामूलक पृष्ठभूमि भएका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकास तथा नीति निर्माणमा प्रभावकारी रूपमा प्रयोग...
काठमाडौँ। नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ। बुधबार पूँजीबजारबारे सरोकारवालासँगको छलफलपछि संघीय संसदको अर्थ समितिले निर्देशन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend