काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ।
कांग्रेस सभापतिकै नाममा देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको हो। १५औं महाधिवेशन तयारी समितिको सचिवालय प्रमुख दिपक कुइकेलका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१(२३ मा केन्द्रीय महाधिवेशन गर्ने विवरण निर्वाचन आयोगमा पेश गरिएको छ।
आयोगलाई बुझाइएको पत्रमा महाधिवेशनको तिथिमिति सहितका विवरण खुलाइएको कुइकेलले जानकारी दिए।
असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने देउवा पक्षको कार्यतालिका छ। यस्तै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने लागेको छ।
कांग्रेसको संस्थापनले भने यही असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्दै छ। कांग्रेस आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कांग्रेसका दुवै पक्षले महाधिवेशनको प्रक्रिया अगाडि बढाएका छन्।
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद...
काठमाडौँ। यतिबेला नेपाली काँग्रेस पार्टीमा १५ औं महाधिवेशनले माहोल तातेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २२ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । उनका अनुसार मल कारखाना स्थापनाका...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक तथा विज्ञतामूलक पृष्ठभूमि भएका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकास तथा नीति निर्माणमा प्रभावकारी रूपमा प्रयोग...
काठमाडौँ। नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ। बुधबार पूँजीबजारबारे सरोकारवालासँगको छलफलपछि संघीय संसदको अर्थ समितिले निर्देशन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend