Nepal Face
  • बुधबार, १४ असोज २०८३
  • मोरङ-६ को काँग्रेस अधिवेशनमा झडप, सभापतिका उम्मेदवारसहित कार्यकर्ता घाइते


    बुधबार, असोज १४ २०८३
    135
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरू गर्ने तयारी भइरहेका बेला कार्यकर्ताबीच झडप भएको छ।

    सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानको गेटमा बुधबार भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मीलगायत नेता–कार्यकर्ता घाइते भएको कांग्रेस नेताहरूले बताएका छन्।

    झडपपछि क्षेत्रीय अधिवेशनको मनोनयन प्रक्रिया प्रभावित भएको छ।

    घटनाबारे कांग्रेसभित्रै एक पक्षले अर्को पक्षमाथि नियोजित रूपमा आक्रमण गराएको आरोप लगाएको छ भने क्षेत्रीय सभापति देवराज तामाङले उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन्।

    क्षेत्रीय अधिवेशनका लागि सिग्देल प्रतिष्ठानमा कार्यक्रम राखिएको थियो। क्षेत्रीय सभापति तामाङले निर्वाचन समितिलाई पत्र पठाएर बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गर्न आग्रह गरेको र सोहीअनुसार प्रक्रिया अघि बढाउने तयारी गरिएको कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले बताइन्।

    संग्रौलाका अनुसार आफूलाई पनि तामाङले कार्यक्रमको उद्घाटनका लागि बोलाएका थिए। त्यसपछि निर्वाचनको मनोनयन प्रक्रिया सुरु गर्ने तयारी थियो।

    तर, आफू कार्यक्रमस्थल पुग्ने क्रममा केही व्यक्ति हातमा फलामका रडसहित आएको र विवादका क्रममा तवदार लगायतमाथि आक्रमण भएको संग्रौलाको आरोप छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार