Nepal Face
  • बुधबार, १४ असोज २०८३
  • देउवाबाट काँग्रेस महाधिवेशन उद्घाटन हुने सम्भावना नरहेको महतको दाबी


    बुधबार, असोज १४ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा संस्थापन र इतर पक्षबीच नेतृत्व हस्तान्तरण तथा अधिवेशनको प्रक्रियालाई लिएर विवाद थप चर्किएको छ।

    काँग्रेस इतर पक्षका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशन उद्घाटन गर्ने सम्भावना नरहेको बताएका छन्।

    सभापति गगन थापासहित संस्थापन पक्षका नेताहरूले सहमतिको वातावरण बनाउन देउवालाई महाधिवेशन उद्घाटनका लागि आमन्त्रण गर्ने प्रयास भइरहेको बताइरहेका बेला महतले त्यसको खण्डन गरेका हुन्।

    पोखरामा आयोजित कार्यक्रममा महतले देउवा नै महाधिवेशन उद्घाटनमा सहभागी हुने भन्दै प्रचार भइरहेकोप्रति आपत्ति जनाउँदै त्यसलाई असत्य दाबीका रूपमा प्रस्तुत गरे।

    उनका अनुसार देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा १५औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने धारणा स्पष्ट रूपमा राखिसकेका छन्। महतले अब सुरु हुने वडा अधिवेशनलाई नै काँग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियाको सुरुवातका रूपमा लिनुपर्ने जिकिर गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार