Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ


    बुधबार, चैत्र २५ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार राति सवा १० बजे दुबईबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

    दुबईको विमानबाटआएका धनुषाका प्रकाश महरालाई भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो।

    उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

    ‘उनले ल्याएको प्रेसर कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्‍यौं,’ उनले भने,’कुकरकोभित्र सुन राखिएको रहेछ।’

    उनीबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो।

    उनीमाथि थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार