काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको जलवायु संकटको चेतावनीलाई विश्वका राजनीतिज्ञहरुले बेवास्ता गरेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित मानवीय तथा विकास संकटलाई विश्व समुदायसामु राख्दै जलवायु संकटको चेतावनीलाई बेवास्ता गरेको उल्लेख गरेका हुन् ।
हिमालय क्षेत्रबाट आएको जलवायु संकटको चेतावनीलाई अब विश्वले सुन्ने मात्र नभई तत्काल ठोस कदम चाल्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए। चार साताअघि नेपालको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले भोटेकोशी–त्रिशूली विपद् नेपालमा मात्र सीमित त्रासदी नभएर सिङ्गो विश्वका लागि गम्भीर चेतावनी भएको बताए। विकास, लोकतन्त्र र युवाको आशाबारे बोल्नुपर्ने मञ्चमा आफू मृत्यु, विनाश, बेपत्ता नागरिक र बाढीले ध्वस्त पारेका पूर्वाधारको क्षति विवरण प्रस्तुत गर्न बाध्य भएको उनले उल्लेख गरे।
तापक्रम वृद्धिका कारण हिमाली ढलान कमजोर भई हिमपहिरो र बाढीको जोखिम तीव्र रूपमा बढिरहेको तर्फ संकेत गर्दै प्रधानमन्त्री शाहले भने, ‘जलवायु परिवर्तनले सीमा चिन्दैन, हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्।’
विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०।१ प्रतिशतभन्दा कम भए पनि नेपालले यसको ठूलो मूल्य चुकाउनु परिरहेको उनले स्पष्ट पारे। यो विपद्का कारण कम्तीमा १ हजार ४ सय जनाको मृत्यु पुष्टि भएको, ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको र भौतिक पुनःस्थापनाका लागि कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को करिब १० प्रतिशत बराबरको बजेट आवश्यक पर्ने प्रारम्भिक मूल्यांकनसमेत उनले महासभामा प्रस्तुत गरे।
जलवायु संकट कुनै एउटा देश वा महादेशलाई दोष दिने विषय नभई साझा जिम्मेवारी भएको बताउँदै उनले ऐतिहासिक रूपमा बढी उत्सर्जन गर्ने र उच्च क्षमता भएका राष्ट्रहरूले यसको ठूलो दायित्व लिनुपर्ने बताए। सम्बोधनका क्रममा उनले विपद्को कठिन घडीमा सहयोग पुर्याउने छिमेकी मुलुकहरू भारत, चीन, संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूप्रति आभार व्यक्त गरे।
काठमाडौँ। काठमाडौँ उपत्यकाको फोहोर ढुवानी गर्ने सडकखण्ड अवरुद्ध हुँदा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ। पहिरो खसेर बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध हुँदा फोहोर...
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ । ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएपछि...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्र...
काठमाडौं । औषधि ब्यवस्था बिभागले सशक्त र दक्ष फार्मासिष्ट नै सबल औषधि प्रणाली र समग्रमा स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताएको छ । विश्व फार्मासिस्ट दिवस...
काठमाडौँ। निरन्तर भइरहेको वर्षाको कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फको उडान रोकिएका छन्। काठमाडौँबाट अन्य विमानस्थलमा भने निरन्तर हवाई उडान भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend