Nepal Face
  • शुक्रबार, ९ असोज २०८३
  • निरन्तर वर्षाका कारण पोखरा, भैरहवा र सिमराका उडान रोकिए


    शुक्रबार, असोज ९ २०८३
    60
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। निरन्तर भइरहेको वर्षाको कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फको उडान रोकिएका छन्।

    काठमाडौँबाट अन्य विमानस्थलमा भने निरन्तर हवाई उडान भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

    त्रिभुवन विमानस्थलको हटलाइनबाट प्राप्त जानकारी अनुसार आन्तरिक तर्फ पोखरा, भैरहवा र सिमराको उडान रोकिए पनि अरू अन्य विमानस्थलमा उडान रोकिएका छैनन्।

    अन्तर्राष्ट्रिय तर्फको उडानमा पनि निरन्तर भइरहेको त्रिभुवन विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए।

    ‘अन्तर्राष्ट्रिय तर्फको उडानमा अहिलेसम्म कुनै प्रभाव परेको छैन,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार