हेटौंडा । बागमती प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको छ ।
केन्द्रले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको अवस्थामा मुख्यमन्त्रीले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने बताउँदै बैठक अवरुद्ध गरेकाे बताएको छ ।
माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाउँदै मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिएका छन् ।
प्रदेशसभाको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।