Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पामा जीप दुर्घटना: दुईको मृत्यु


    मंगलबार, चैत्र २४ २०७७
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रामपुर । पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार