Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ज्वाँईद्वारा सासु–ससुरामाथि खुकुरी प्रहार


    मंगलबार, चैत्र २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

    माइतीमा छोरी रोकेको निहुँमा गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि ज्वाँईले खुकुरी प्रहार गरेका हुन् 

    घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ । 

    सासु–ससुरामाथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई सादा पोशाकका प्रहरीले विहान ५ बजे नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार