Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी सुधार अघि बढाउँदै मन्त्रालय


    शनिबार, असोज ३ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ ।

    मन्त्रिपरिषद्को २०८३ भदौ २९ गतेको बैठकबाट स्वीकृत भएपछि विधेयक संसद् सचिवालयमा दर्ता गरिएको हो । स्वास्थ्यकर्मीको पेशागत सुरक्षा र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउने उद्देश्यले मन्त्रालयले संशोधन प्रक्रिया अघि बढाएको हो ।

    ‘स्वास्थ्यकर्मी सुरक्षित र सम्मानित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्नु स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग जोडिएको विषय हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा बलियो बनाउन आवश्यक कानुनी सुधारलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको छ’ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भन्नुभयो ।

    मन्त्रालयले स्वास्थ्य क्षेत्रका अन्य कानुनलाई समेत समयसापेक्ष बनाउन सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (नियमन तथा नियन्त्रण गर्ने) ऐन संशोधनको विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद् सचिवालयमा दर्ता गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार