काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । एकछिन अगाडि ९ बजेर ४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि भूकम्प धक्का महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।