काठमाडौं । पूर्वराजाको सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह सांस्कृतिक भ्रमणका लागि हरिद्वार जाने भएका छन्।
भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन चैत २६ गते बिहीबार भारत जान लागेका सचिवालयले बताएकाे छ । हरिद्वारको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ।