काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार बिहान ११:३० बजे लाजिम्पाटस्थित विभागको सभा हलबाट एक कार्यक्रमबीच भदौ महिनाभरका विजेताहरूको नाम सार्वजनिक गर्न लागिएको हो। विभागले उक्त घोषणा कार्यक्रममा उपस्थितिका लागि सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेको छ।
यसअघि भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम भोटेकोसी क्षेत्रमा गएको बाढीका कारण स्थगित भएको थियो। स्थगित भएको सोही कार्यक्रम आज आयोजना गर्न लागिएको हो।
आज घोषणा हुने नतिजा अनुसार भदौ महिनाका ३१ जनालाई जनही १ लाख र २ जनालाई बम्पर उपहार गरी कुल ३३ जना विजेता छनोट गरिने आन्तरिक राजस्व विभागले जनाएको छ।
काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैकिङ कसुरको मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ...
काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्न सबैको सहकार्य आवश्यक भएको बताएका छन्। आईतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ...
काठमाडौँ। प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । भ्रमण टोलीमा...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा भारत जाने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend