काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो ।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएर पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित पालिका तथा तहका निर्वाचित पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको हो ।
मधेश प्रदेशमा धनुषाको शहीदनगर नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको आयोगले जनाएको छ ।
त्यस्तै, कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष तुलाराम राई र बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई तथा मोरङको धनपालथान गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ ।
बागमती प्रदेशमा दोलखाको जिरी नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नम्बर ३ का वडाध्यक्ष खेटराज घिमिरेको पद रिक्त भएको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद पनि दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend