काठमाडौँ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित सडकमा मंगलबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका-७ का ३० वर्षीय दिलीप चौधरी र पर्साको वीरगन्ज महानगरपालिका-१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय रहेका छन् ।
पथलैया-वीरगन्ज सडकखण्डअन्तर्गत भलुहीको सागर आयल पेट्रोल पम्पनजिक पूर्वतर्फको सर्भिस लेनबाट मुख्य सडकमा निस्कदै गरेको ना३ख ५६१० नम्बरको ग्यास बोकेको ट्रकले वीरगन्जतर्फ जाँदै गरेको ना४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट चौधरी र उपाध्याय गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल कसले चलाएको भन्ने खुल्न सकेको छैन । मृतकको शव नारायणी अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीले ट्रक र चालक चितवन भरतपुरका ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
काठमाडौं । सिंहदरबारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा...
काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । आयोगले सम्बन्धित स्थानीय...
काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनका बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक आज १ः०० बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको छ। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक...
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend