काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१७ स्थित अलौबाट भदौ ३० गते सशस्त्र प्रहरीले करीव ९ किलो ५ सय ग्राम चरेशसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने अन्दाजी २० बर्षीय संदिप चौधरीलाई उक्त चरेशसहित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनले मोटरसाइकलको तेल ट्याङ्ककीभित्र फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको २१ वटा पोकामा रहेको उल्लेखित परिमाणको चरेश बरामद गरिएको हो ।
नियन्त्रणमा लिइएका उनलाई बरामद चरेश तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा महिनौँदेखि राखिएको टेन्ट प्रहरीले हटाएको छ । दिउँसो बिरोध प्रदर्शनमात्र होइन, पछिल्ला दिनमा राति पनि टेन्ट राखेर बस्ने गरेकाले प्रहरीले...
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend