काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा महिनौँदेखि राखिएको टेन्ट प्रहरीले हटाएको छ ।
दिउँसो बिरोध प्रदर्शनमात्र होइन, पछिल्ला दिनमा राति पनि टेन्ट राखेर बस्ने गरेकाले प्रहरीले हटाउनुपरेको जनाएको छ ।
रातिको समयमा टेन्ट टाँगेर बस्दा सुरक्षामा चुनौती थपिनुका साथै स्वास्थ्यमा समेत समस्या आउन सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले बताएको छ ।
माइतीघरमा रातभर टेन्ट राखेर बस्ने व्यवस्था हटाइए पनि दिउँसो हुने विरोध कार्यक्रम तथा प्रदर्शनमा भने कुनै रोक लगाइएको छैन । प्रदर्शनका लागि आउने व्यक्ति तथा समूहले दिउँसो कार्यक्रम सञ्चालन गर्नसक्ने प्रहरीले जनाएको छ ।
माइतीघर परिसरमा धर्ना बसेकाहरु आत्मदाहको प्रयास गर्न थालेपछि हटाइएको हो । हिजो प्रहरीले माइतीघर परिसरमा राति नबस्न माइकिङ गरेको थियो ।
माइतीघर मण्डला पछिल्लो समय विभिन्न माग राख्दै विरोध तथा प्रदर्शन गर्ने प्रमुख स्थलका रूपमा प्रयोग हुँदै आएको छ ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
काठमाडौं । सिंहदरबारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा...
काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । आयोगले सम्बन्धित स्थानीय...
काठमाडौँ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित सडकमा मंगलबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका-७ का ३०...
काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनका बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक आज १ः०० बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको छ। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend