Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले जवाफ दिने 


    मंगलबार, भाद्र ३० २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।

    बैठकमा परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन्।

    त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद् (Council of Asian Legislative InstitutionsCALI)’ को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमा नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहितको दस्तावेज सदनमा छलफलका लागि प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

    उक्त प्रस्तावमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूचीसमेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार