Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कोरोना सम्बन्धी सचेतना कार्यक्रम शुरु,मास्क नलगाए जरिवाना


    सोमबार, चैत्र २३ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानिय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंकाे मुख्य चोकहरु सहित १४ ठाउँमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेकाे छ ।

    प्रहरीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गर्दै मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न भनेकाे छ । चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।। 

    पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्ने भएको छ ।

    संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार