Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • न्यौपाने र पन्थीलाई कारवाही गरेसँगै लुम्बिनी प्रदेशमा सांसद पद रिक्त


    सोमबार, चैत्र २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी) ले सांसद पद गुमाउने भएपछि सांसद पद  रिक्त हुने भएकाे छ ।

    एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई माओवादी केन्द्रले कारवाही प्रयोजनका लागि प्रदेशसभामा कारवाही पत्र पठाइसकेकाे छ ।

    सोमबार बस्ने प्रदेशसभा बैठकमा सभामुखले कारवाही गरेकाे पत्र पढेर सुनाउने कार्यक्रम रहेकाे छ । सभामुखले कारवाही पत्र पढेर सुनाएसँगै दुवै सांसदको पद गुम्ने स्राेतले बताएकाे हाे।

    याे सँगै सांसदद्वय न्यौपाने र पन्थीको पद सोमबारबाट रिक्त हुने भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार