Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • ४ हजार ८ सयले ओरालो लाग्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, भाद्र २६ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ ४ हजार ७६५ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार