शसांक रेग्मी
बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ । यो निर्णय प्रहरी संगठनको सेवाभाव, अनुशासन र मानवीय संवेदनाको प्रशंसनीय उदाहरण हो ।
अरूको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गर्नु प्रहरीको कर्तव्यबोध र राष्ट्रप्रतिको जिम्मेवारीको परिचय हो । यस निर्णयले नेपाल प्रहरीभित्रको सेवाभावलाई थप उजागर गरेको छ ।
यसैगरी, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा प्रहरी नीति समन्वय समितिले शहीद प्रहरी परिवारका लागि १० लाख रुपैयाँ राहत, विशेष सापटी ऋण मिनाहा, सन्ततिका लागि निःशुल्क शिक्षा र परिवारका एक सदस्यलाई रोजगारीका लागि पहल गर्ने निर्णय गरेको छ । यी निर्णय शहीद प्रहरी परिवारको पीडा सम्बोधन गर्ने सकारात्मक प्रयास हुन् । यसका लागि प्रहरी नेतृत्व र नीति समन्वय समितिको प्रशंसा गर्नुपर्छ ।
तर प्रहरी संगठनभित्र प्रशासनिक, कानुनी र संस्थागत बाध्यता हुन्छन् । चाहना हुँदाहुँदै पनि सबै निर्णय तत्काल कार्यान्वयन गर्न सम्भव हुँदैन ।
त्यसैले प्रहरी महानिरीक्षक वा कुनै एक व्यक्तिलाई मात्र दोष दिनु उचित हुँदैन । संगठनले गर्नसक्ने काम र राज्यको नीतिगत तहबाट गर्नुपर्ने निर्णयबीचको अन्तर बुझ्न आवश्यक छ ।
यस्तो अवस्थामा प्रहरी प्रमुखलाई कमजोर बनाउने, व्यक्तिगत रूपमा लाञ्छित गर्ने वा संगठनभित्र अनावश्यक अस्थिरता सिर्जना गर्ने प्रयासले कसैको हित गर्दैन । प्रहरी नेतृत्वलाई कमजोर बनाएर विगतमा देखिएका शक्ति संघर्ष र हस्तक्षेपका पुराना खेल दोहोर्याउने सपना देखिएको हो भने त्यो सपना दिवास्वप्नमै सीमित हुनु राम्रो हुन्छ । अहिलेको आवश्यकता व्यक्ति कमजोर बनाउने होइन, प्रहरी संगठनलाई अझ बलियो, व्यावसायिक र संस्थागत बनाउने हो ।
अब राज्यले पनि आफ्नो महानता देखाउने बेला आएको छ । प्रहरी कर्मचारीको तलबबाट कटौती गरी संकलन गरिएको करिब ४० करोड रुपैयाँ राज्यले विपद् राहतका लागि स्वीकार गर्दैछ भने, त्यही प्रहरी संगठनका लागि राज्यले पनि एउटा स्थायी कोष किन नबनाउने ?
मेरो प्रस्ताव स्पष्ट छ । राज्यले नेपाल प्रहरीका शहीद तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारको दीर्घकालीन संरक्षण र कल्याणका लागि छुट्टै ‘शहीद प्रहरी परिवार कोष’ स्थापना गरोस् । प्रहरी कर्मचारीको तलबबाट उठेको यो रकमलाई नै त्यसको आधार बनाउन सकिन्छ र राज्यले आवश्यकताअनुसार थप बजेटसमेत विनियोजन गर्दै जान सक्छ ।
विपद्का बेला नागरिकको उद्धार र राहतका लागि प्रहरी कर्मचारीले आफ्नो तलबबाट योगदान गर्नसक्ने हो भने, राष्ट्र र नागरिकको सुरक्षाका क्रममा ज्यान गुमाएका आफ्नै प्रहरी कर्मचारीका परिवारको भविष्य सुरक्षित गर्ने जिम्मेवारी राज्यले पनि लिनुपर्छ ।
उक्त कोषलाई केवल तत्कालीन राहतमा सीमित नराखी शहीद प्रहरी परिवारका सन्ततिको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आवश्यकताअनुसार अन्य दीर्घकालीन कल्याणकारी कार्यक्रमका लागि प्रयोग गर्न सकिन्छ । यसले आजको राहतलाई भोलिको स्थायी सुरक्षामा रूपान्तरण गर्न सक्छ ।
विपद्का बेला राज्यले तत्काल राहत दिनुपर्छ । तर राष्ट्र र नागरिकको सुरक्षाका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई दीर्घकालीन सहयोग पनि आवश्यक हुन्छ । उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र भविष्यको सुनिश्चितता क्षणिक राहतभन्दा महत्वपूर्ण विषय हो ।
शहीद प्रहरी परिवारको सम्मान भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ । उनीहरूले गुमाएको जीवनको मूल्य कुनै रकमले तिर्न सक्दैन । तर राज्यले उनीहरूका परिवारलाई सुरक्षित र सम्मानजनक भविष्य दिन सक्छ ।
प्रहरीले आफ्नो महानता देखाइसक्यो । अब राज्यले पनि महानता देखाओस् । राष्ट्र र नागरिकका लागि जीवन अर्पण गर्ने प्रहरीका परिवारको भविष्य सुरक्षित गर्नु राज्यको दायित्व हो, उपकार होइन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend