काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । केही सीडीओलाई गृहमन्त्रालय तथा मातहतका निकायमा फिर्ता गरिएको छ ।
रिक्त रहेको झापाको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयका सहसचिव श्रवणकुमार पोखरेललाई पठाइएको छ । महेन्द्र कुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई गोरखा खटाइएको छ । यसैगरी, खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । उनले राजीनामा दिइसकेका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई गृह मन्त्रालय, सिंहदरबार सरुवा गरिएको छ ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई महानिर्देशकका रूपमा लागूऔषध नियन्त्रण विभाग, काठमाडौं पठाइएको छ ।
त्यस्तै, सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गतबाट गृह मन्त्रालय, सिंहदरबारमै पदस्थापन गरिएको छ ।
डडेलधुराको प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत वेदराज फुयाँललाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेलधुरा पठाइएको छ ।
त्यस्तै, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोट पठाइएको छ । गृह मन्त्रालयका उपसचिव बन्दना के.सी.लाई सल्यान पठाइएको छ । उपसचिव गणेश गैरैलाई म्याग्दी पठाइएको छ ।
भोजपुर, खोटाङ, सल्यान र म्याग्दीमा नयाँ सीडीओ उपसचिव कुलशेखर अर्याललाई भोजपुर पठाइएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङ पठाइएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक आयुक्त पद ८ महिनादेखि रिक्त छ । आयुक्त किशोर सिलवाल ६५ बर्षे उमेरहदले २०८२ मंसिरमा निवृत्त भएपछि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend