Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जना पक्राउ


    आइतबार, चैत्र २२ २०७७
    4.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक पोइन्टबाट शनिबार प्रहरीले  ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दीप रहेका छन् ।

    तुलसीपुरबाट काठमाडौं आएको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको बसभित्रको प्यासेजमा टेपले र्‍यापिङ गरेको कार्टुनमा छड्के तिलहरी नौं वटा र ४३ लाख नगद फेला परेको प्रहरीले जानाएकाे छ ।

    उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार