Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • पृथ्वी राजमार्ग: कृष्णभिरको पहिरो पन्छाउन धमाधम रुख काटिँदै


    बिहिबार, भाद्र १८ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरबाट सडकमा खसेको पहिरो पन्छाउन काम अगाडि बढाइएको छ।

    पूर्वाधार विकास मन्त्रालयले आज (बिहीबार) बिहान दिएको जानकारीअनुसार पहिरोका दुवै छेउबाट १८ जना परिचालन गरी रुख काट्ने काम भइरहेको छ।

    पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्। रुख काटिसकेपछि ती उपकरण परिचालन गरी पहिरो पन्छाउन थालिनेछ।

    सडक खुलाउन प्राथमिकताका साथ काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार