एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत शीर्ष स्थानमा रहेको इन्टर मिलानले संघर्षपूर्ण जित हाँसिल गरेको छ।
गए राति भएको खेलमा इन्टरले बोलोग्नालाई १-० गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो।
इन्टरको जितमा बेल्जियम फरवार्ड रोमेलु लुकाकुले खेलको ३१ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक रह्यो ।
यस जितसँगै इन्टरले २८ खेलमा ६८ अंक जोडेको छ भने पराजित भएको बोलोग्ना ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।