Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगान हवाई आक्रमणमा ३५ लडाकू मारिए


    शनिबार, चैत्र २१ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काबुल । अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् । शुक्रबार राति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।

    फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् । तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

    यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ । मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् ।

    सेनाले विद्रोही लडाकूबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार