काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीतिको कार्यान्वयनमा देखिएका प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइ तत्काल सुधार नगरे स्वदेशी पुँजीसमेत बिदेसिन सक्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ ९एनआरएनए०बीच आइतबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा अग्रवालले नीतिगत व्यवस्था सकारात्मक भए पनि कार्यान्वयनको तहमा व्यवसायीले विभिन्न अवरोध सामना गर्नुपरेको बताए।
संसदबाट पारित कानुन कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानुनको उद्देश्य नै कमजोर बनाउने गरेको उनको आरोप छ। कानुन संशोधन गरेर मात्र लगानीको वातावरण सुधार नहुने भन्दै उनले त्यसको प्रभावकारी र व्यावहारिक कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए
सरकारी कार्यान्वयन संयन्त्र प्रभावकारी नहुँदा उपलब्ध प्राकृतिक स्रोत र आर्थिक सम्भावनाबाट मुलुकले अपेक्षित लाभ लिन नसकेको अग्रवालको भनाइ छ। स्रोत र सम्भावनाको उचित उपयोग भएको भए नेपाल दक्षिण एसियामै उच्च प्रतिव्यक्ति आय भएको मुलुक बन्न सक्ने अवस्था रहेको उनले दाबी गरे।
प्रशासनिक झमेला, कानुनी अस्पष्टता र निर्णय प्रक्रियामा हुने ढिलाइले लगानीकर्ताको विश्वास कमजोर बनाउने अग्रवालले बताए। लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न नसकिए स्वदेशी लगानीकर्ता पनि बाहिरिने अवस्था आउन सक्ने भन्दै उनले नीतिगत स्थिरता र सहज कार्यप्रणालीमा जोड दिए।
चेम्बर र एनआरएनएबीचको समझदारीले विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र प्रविधिलाई नेपालको विकास प्रक्रियासँग जोड्ने लक्ष्य लिएको छ। विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई राष्ट्रिय आर्थिक विकासमा सहभागी गराउन दुवै संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
साझा उद्देश्यसहित निजी क्षेत्र, गैरआवासीय नेपाली समुदाय र सरकारले समन्वयात्मक रूपमा काम गरे आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अग्रवालले बताए।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend