नेपालफेस अनलाइन मिडियामा २०८३ साल भदौ ५ गते प्रकाशित समाचारप्रति निक भुजीकिक हाउजिङ कम्पनी तथा काक्राबारी जग्गा विकास आयोजना, भक्तपुरका संचालक ब्यवसायी डिल्लीध्वज बराइलीले खण्डन गरेका छन् ।
उनको खण्डनमा उल्लेख छ–मेरो तथा म सम्बद्ध संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा म र म संलग्न व्यवसायलाई जोडेर प्रेषित गरिएका भ्रामक, अतिरञ्जित र कपोलकल्पित दाबीहरूप्रति घोर आपत्ति जनाउँदै यो खण्डन वक्तव्य जारी गर्दछु ।
१. कर्मचारी सरुवा–बढुवा र ‘बिचौलिया’ सम्बन्धी दाबीको खण्डनः
भक्तपुर नापी कार्यालयका प्रमुख पूर्णप्रसाद पाण्डेलाई कार्यालय प्रमुख बनाएर ल्याउन मेरो संलग्नता रहेको र त्यसबापत आधा करोड रुपैयाँ लगानी गरिएको भन्ने भनाइ सतप्रतिशत झुटा, मनगढन्ते र कपोलकल्पित हो । प्रचलित नियम–कानुनको पालना गरी इमानदारपूर्वक व्यवसाय गरिरहेको व्यवसायीलाई बिचौलियाको संज्ञा दिई चरित्रहत्या गर्ने उद्देश्यले यस्ता भ्रामक खबर फैलाइएको छ । यस विषयमा ममाथि लगाइएका आरोप तथ्य र प्रमाणसहित पुष्टि गर्न म खुला चुनौती दिन्छु ।
२. ‘कार्यालय आवतजावत’ र ‘लगानी’ सम्बन्धी भ्रामक प्रचारको खण्डनः
नापी प्रमुख पूर्णप्रसाद पाण्डे मेरो कार्यालयमा आउने–जाने गरेको तथा मेरो व्यवसायमा निजको लगानी रहेको भन्ने कुरा हास्यास्पद छ । पाण्डे भक्तपुर नापी कार्यालय प्रमुख भई आएपश्चात् आजका दिनसम्म मेरो कार्यालयमा छिर्नुभएको छैन । मेरो कार्यालय परिसर सिसी क्यामेरा (सीसीटीभी) को निगरानीमा रहेकाले जो–कसैले पनि रेकर्ड हेरेर यसको सत्यता जाँच गर्न सक्नुहुनेछ । साथै, नापी वा मालपोत कार्यालयका कुनै पनि कर्मचारीको म वा मेरो कम्पनीमा कुनै किसिमको लगानी नरहेको स्पष्ट पार्न चाहन्छु ।
३. राजनीतिक निष्ठा र पार्टी जोडेर गरिएको दुष्प्रचार :
म नेकपा (एमाले) को पूर्णकालीन र इमानदार कार्यकर्ता हुँ । तर, व्यवसाय गर्नु र पार्टीमा लाग्नुलाई अपराधका रूपमा चित्रण गर्दै म सम्बद्ध राजनीतिक दललाई समेत जोडेर बदनाम गराउने कुत्सित मनसायका साथ यो समाचार तयार पारिएको देखिन्छ । नेपालको कानुनअनुसार मर्यादित व्यवसाय गर्न पाउने नागरिकको मौलिक हकमाथि प्रहार गर्दै गरिएको यो दुष्प्रचारप्रति खेद व्यक्त गर्दछु ।
४. काक्राबारी जग्गा विकास आयोजना सम्बन्धी तथ्यगत स्पष्टोक्ति :
विगत १२ वर्षदेखि ‘निक भुजीकिक हाउजिङ कम्पनी’ मार्फत् हामीले भक्तपुरका पलासे, सिपाडोललगायतका क्षेत्रमा व्यवस्थित बस्ती विकासका आयोजनाहरू सफलताका साथ सम्पन्न गरिसकेका छौँ । विकासका दृष्टिकोणले पछाडि परेको काक्राबारी क्षेत्रमा पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमार्फत् राज्यको शून्य प्रतिशत लगानीमा व्यवस्थित बस्ती बसाल्ने लक्ष्य राखिएको छ ।
० कानुनी प्रक्रिया : आयोजना सञ्चालन गर्नुपूर्व प्रारम्भिक वातावरणीय परीक्षण (आईई) माटो परीक्षण(सोयल टेष्ट) तथा हाइड्रोलोजिकल रिपोर्ट तयार पारी वडा कार्यालय, नगरपालिका, नापी कार्यालय, जिल्ला वन कार्यालय र काठमाडौँ उपत्यका विकास प्राधिकरणमा आवश्यक सम्पूर्ण कागजात पेस गरिएको छ ।
० स्वीकृति प्रक्रिया : प्राधिकरणको केन्द्रीय कार्यालयमा स्वीकृतिका लागि फाइल पेस भइसकेको र अदालतबाट समेत आवश्यक प्रक्रियागत फैसला भइसकेको अवस्थामा तथ्यलाई तोडमोड गरी विकास निर्माण रोक्ने नियतले जनप्रतिनिधि तथा मिडियामार्फत् भ्रम फैलाइएको छ ।
हाम्रो अपिलः
तथ्य र प्रमाणबिना कपोलकल्पित आधारमा एउटा इमानदार व्यवसायी र आयोजनाको चरित्रहत्या गर्ने, सरकारी सम्पत्ति दोहन र ‘भू–माफिया’ जस्ता भ्रामक शब्द प्रयोग गरी निरुत्साहित गर्ने कार्य तत्काल रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै, आम नागरिकलाई सुसूचित गराउने जिम्मेवार पत्रकारिताको गरिमा जोगाउन र तथ्य जाँच नगरी समाचार सम्प्रेषण नगर्न पत्रकार मित्रहरूमा हार्दिक अनुरोध गर्दछु ।
डिल्लीध्वज बराइली
संचालक र व्यवसायी
निक भुजीकिक हाउजिङ कम्पनी तथा काक्राबारी जग्गा विकास आयोजना, भक्तपुर
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह छोरीको जन्मदिन मनाउन मुस्ताङ भ्रमणमा गएको खुलेको छ । प्रधानमन्त्री वालेनकी छोरीको जन्मदिन आइतबार हो । वालेनकी छोरी दुई वर्ष...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका...
काठमाडौँ। सप्तरीमा सौतासँगको झगडाका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। शम्भुनाथ नगरपालिका–३ की २ वर्षीया सान्या खातुनको शव आइतबार बिहान घर...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीतिको कार्यान्वयनमा देखिएका प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइ तत्काल सुधार नगरे स्वदेशी पुँजीसमेत बिदेसिन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend