Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • सरकारसँग सहमति भएसँगै गरिमा चौधरीको अन्तिम संस्कार गरियो


    आइतबार, भाद्र ७ २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिमरा। सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिकाको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ।

    बालिकाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा अन्तिम संस्कार गरिएको हो । उनलाई बुवा मनोज चौधरीले धार्मिक परम्पराअनुसार दागबत्ती दिएका थिए। कलैया अस्पतालमा राखिएको बालिका गरिमा चौधरीको शव मनोजले बुझेपछि अन्तिम संस्कारका लागि पसाहा खोला लगिएको थियो । बालिकाको शव मंगलबार रातिदेखि कलैया अस्पतालमा थियो ।

    काठमाडौंबाट सहमति गरेर फर्किएलगत्तै मनोजलाई प्रहरीले कलैयासम्म लगेर शव बुझ्ने र अन्तिम संस्कार गर्ने व्यवस्था मिलाएको हो । बालिकाको अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सरोज निरौला, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टसहित परिवारका सदस्य उपस्थित थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार