Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्विप’


    आइतबार, भाद्र ७ २०८३
    155
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई ‘ह्विप’ जारी गरेको हो ।

    भदौ ८ गते सोमबार दिउँसो १ः ०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको छ । सोही विषयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले एक पत्र जारी गर्दै कांग्रेसका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन सहित ‘ह्विप’ जारी गरेका हुन् ।

    ‘प्रदेशको सभाको भदौ ८ गते बस्ने बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री किरण थापा मगरले पेस गर्नुहुने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्विप जारी गर्दछु’ प्रमुख सचेतक महर्जनद्वारा जारी पत्रमा भनिएको छ ।

    मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उक्त प्रक्रियाका लागि प्रदेशसभा बैठक समेत आह्वान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार