काठमाडौँ । विवादका कारण एक हप्तादेखि नउठाइएको काठमाडौँ महानगरपालिकाकाे फोहोर आजबाट उठ्ने भएकाे छ ।
काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएकाे विवादका कारण नउठेकाे फोहोर आजकाट उठ्ने भएकाे हाे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि आजै बाट महानगरपालिकाकाे फोहोर उठ्ने भएकाे स्रोतले बताएकाे छ ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।
छलफलका क्रममा उनीहरुका माग सम्बोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, धुनीबेंसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने,,प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने साथै प्रभावित क्षेत्रका विद्यालयको लागि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्ने लगायतका विषयमा सहमति भएको बताएका छन् ।