काठमाडौँ । नन्दप्रसाद–जानुका फाउन्डेशनले तेस्रो ऐतिहासिक पुस्तक ‘दोलखाका लोकनायकहरु’ प्रकाशित गरेको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा उक्त पुस्तक लोकार्पण गरिएको हो ।
शिक्षासेवी एवं राणाशासनविरुद्ध लडेका योद्धा नन्दप्रसाद शिवाकोटीको एक सय १२ औँ जन्मजयन्तीको अवसर पारेर फाउन्डेशनले प्रकाशित गरेको पुस्तकमा दोलखाको भूमिले निरङ्कुश अँध्यारो चिरेर देशमा प्रजातन्त्र, बहुदलीय व्यवस्था र गणतन्त्र स्थापना गर्नका लागि जन्माएका थुप्रै वीर योद्धाहरूमध्ये २३ जनालाई समेटिएको फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले बताए ।
दोलखाको समग्र विकास तथा लोकतन्त्र प्राप्तिका लागि योगदान गर्ने दोलखाका नायकहरूको संक्षिप्त जीवनी तथा योगदानमा आधारित रहेर ‘दोलखाका लोकनायकहरू’ पुस्तक प्रकाशन गरिएको उनले जानकारी दिए । फाउन्डेसनले हरेक वर्ष एउटा पुस्तक प्रकाशन गरेको स्मरण गर्दै शिवाकोटीले भावी पुस्ताले हाम्रा पुर्खाको त्याग र बलिदानलाई बिर्सन नसकोस् र उनीहरूको जीवनीबाट प्रेरणा मिलोस् भन्ने नै यो पुस्तकको मुख्य ध्येय रहेको उनले स्पष्ट पारे ।
प्रमुख अतिथि थापाले फाउन्डेशन पहिलो वर्षदेखि नै प्रकाशन, सम्मान र अनुसन्धानमा लागेको भन्दै यसले निरन्तरता पाउने विश्वास गर्दै फाउन्डेशनको प्रशंसा गरे । उनले नन्दप्रसाद र जानुकाको योगदान बाहिर आउनुले समाज निर्माणमा जोडिएका हरेकको यसैगरी वास्तविकता प्रकाशन गर्न सकिने हो भने नयाँ पिँढीका लागि प्रेरणाको स्रोत बन्ने बताए । सभापति थापाले समाजका पुराना अगुवाहरूले खोलेको शैक्षिक ढोकाले नै आज आफूहरू लोकतन्त्रमा रमाउन सकेको उल्लेख गरे ।
फाउन्डेसनले नन्दप्रसाद जानुका स्मृति सम्मानबाट दोलखाका पहिलो जलविद्युत इन्जिनियर, शिक्षाविद् एवं समाजसेवी ८८ वर्षीय आत्माकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा पुस्तकबारे समीक्षा गर्दै लेखक एवं साहित्यकार भोजराज न्यौपानेले पुस्तकमा समेटिएका दोलखाका लोकनायकहरू सबै समाजका लागि लायक व्यक्तित्व भएको भन्दै अब निस्कने पुस्तकमा योगदानरत महिलाहरूलाई पनि समेट्न आग्रह गरे । उनले राजनीतिमात्र नभई अन्य क्षेत्रका लोकनायक समेट्नसमेत उनले सुझाव दिएका छन् ।
कार्यक्रममा गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष दिनेश प्रसाई, नेकपाका केन्द्रीय सदस्य विशाल खड्का, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जिपछिरिङ लामा, प्रतिमा गौतम, नानु बास्तोलासहित नेता तथा नेता तथा जिल्लाका अगुवाहरूले सम्बोधन गरेका थिए ।
शैक्षिक तथा सामाजिक क्षेत्रलाई कार्यक्षेत्र बनाएर क्रियाशील फाउन्डेशनले विमोचित पुस्तकहरू शान्ति शिक्षा अभियानले सञ्चालनमा ल्याएको सामुदायिक पुस्तकालयका अध्यक्ष रविन्द्र महर्जनलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी...
काठमाडौँ। बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट नियुक्त ६ मन्त्रीलाई जिम्मेवारी दिएका...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता कमल थापाले बागमती प्रदेशसभाका संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति औपचारिक असहमति जनाएका छन्। पार्टीले पर्याप्त छलफल नगरी...
हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापामगरले जानकारी दिए । उनका अनुसार बिहान ११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend