काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र संस्थागत स्वायत्ततामाथि प्रश्न उठाउँदै आयोगको कामकारबाहीमा स्वतन्त्रता र निष्पक्षता कायम हुनुपर्ने बताएका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भएकाले उसको संस्थागत भूमिका र स्वतन्त्रतामाथि कुनै प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने धारणा राखेका हुन्।
‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’, उनले भने।
उनले अख्तियारका पदाधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको घटनालाई समेत प्रश्नको विषय बनाए। अख्तियार प्रधानमन्त्री कार्यालय अन्तर्गतको संरचना नभई संवैधानिक आयोग भएकाले त्यसको संस्थागत मर्यादा र स्वायत्ततालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।
गत असारको पहिलो साता अख्तियारका सबै पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको घटनालाई लिएर समेत प्रश्न उठेको थियो। त्यस क्रममा प्रधानमन्त्री वालेन्द्र शाहका सहयोगीहरूले अख्तियारका पदाधिकारीलाई कार्यालयमा लामो समय राखेर सोधपुछ गरेको दाबी सार्वजनिक भएपछि आयोगको स्वतन्त्रताबारे बहस भएको थियो।
सोही घटनाको सन्दर्भ उल्लेख गर्दै सांसद सिंहले अख्तियारमाथि कार्यपालिका प्रभावको आशंका उत्पन्न हुने गतिविधि हुन नहुनेतर्फ सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
सरकारका कामकारबाहीमा निगरानी तथा नियन्त्रण र सन्तुलन कायम गर्न संवैधानिक रूपमा स्थापित आयोगको संस्थागत स्वायत्तता कायम राख्नु आवश्यक रहेको सिंहको जोड छ।
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend