काठमाडौं । भदौ महिना लागेसँगै अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज बिहीबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो ।
चितवनलाई आधार मानेर तय गरिएको नयाँ फार्म समर्थन मूल्य अनुसार सबै प्रकारका अन्डाको भाउ महँगिएको छ ।
नयाँ मूल्यसूची अनुसार अब सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ पुगेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३५ रुपैयाँ तोकिएको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।
संघले एक साता नबित्दै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो । यसअघि ३० साउनदेखि लागु हुने गरी संघले एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५, ठूलो अन्डा ५ सय ६० र मिडियम अन्डा ५ सय २० रुपैयाँ तोकेको थियो।
पछिल्लो समय अन्डाको मूल्य लगातार उकालो लागिरहेको छ । यसअघि संघले साउन महिनामा मात्रै अन्डाको समर्थन मूल्य चार पटक बढाएको थियो । साउनको सुरुमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय २५ रुपैयाँ तोकेको संघले साउनको अन्तिममा उक्त मूल्य ५ सय ७५ रुपैयाँ पुर्याएको थियो ।
भदौ लागेसँगै त्यसमा थप १५ रुपैयाँ बढाएर एक्सएल अन्डाको मूल्य ५९० रुपैयाँ पुर्याइएको हो ।
काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण र बीमा कम्पनीहरुको मिलेमतोमा लाखौं बीमितलाई ठगि गर्ने गरेको खुलासा गरेको छ । बिहीबार राजधानीको...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापामगरले जानकारी दिए । उनका अनुसार बिहान ११...
काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम...
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको...
काठमाडौं । राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend