काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशअनुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
मंगलवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिका अनुसार अघि बढ्न निर्देशन दिएका हुन्। सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था, विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गरे। यस पटक क्रियाशील सदस्यताको विवरण डिजिटलाइज्ड भएकाले विगतको तुलनामा केही सहज हुने अपेक्षा राख्दै उनले प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता वा पूर्वाग्रह हुन नहुनेमा सचेत गराएका छन् ।
महाधिवेशनको औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै उनले निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई पूर्ण रूपमा पालना गरिने स्पष्ट पारे ।
केन्द्रीय कार्यसमितिले असोज १६ गतेको अन्तिम मिति र स्थान तय गरिसकेकाले सोही मितिलाई आधार मानेर जिल्ला तथा अन्य तहका अधिवेशनहरू सञ्चालन गर्न उनले आग्रह गरे । सभापति थापाले भने, ‘अदालतले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम आधार मानेको छ। त्यसैले हामीसँग अब समयको सुविधा छैन । हामीले अत्यन्तै छोटो अवधिभित्र सबै प्रक्रिया टुङ्ग्याउनुपर्ने चुनौती छ । अधिवेशनको प्रक्रिया टुंगीदै गर्दा कुनै पनि प्रश्न नउठ्ने गरी निष्पक्ष र पारदर्शी ढंगले काम सम्पन्न गर्नुपर्नेछ ।’
सभापति थापाले जिल्ला तहमा हुने अधिवेशनमा कानून व्यवसायी, शिक्षक, प्राध्यापक लगायतका विभिन्न पेशाकर्मीहरूलाई समेत सहभागी गराई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। विधानमा रहेका नयाँ व्यवस्थाहरू, निर्वाचन निर्देशिका र नियमहरूका बारेमा स्पष्ट भएर अघि बढ्दा भविष्यमा आउन सक्ने कानूनी जटिलताहरू कम हुने उनको भनाइ छ । उनले निर्वाचन समितिलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्दै सबै पक्षले यस प्रक्रियामा अपनत्व महसुस गर्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले कर अधिकृत पाल...
काठमाडौँ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। श्रेष्ठविरुद्ध पक्राउ पुर्जी माग गर्दै ललितपुर प्रहरी सोमबार र मंगलबार...
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्न सक्ने आशंका जनाउँदै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्। अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका...
काठमाडौँ। नेकपा (एमाले)बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिइने भएको छ भने मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ। मंगलबार हेटौँडामा...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend