Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रधानमन्त्री शाह र भारतीय सेना प्रमुख सेठबीच सिंहदरबारमा भेटवार्ता 


    मंगलबार, भाद्र २ २०८३
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भएको हो।

    भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौँ आएका हुन्।

    सोमबार उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।

    त्यही दिन उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

    उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार