काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको खोजी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले देशभर विपद्को अवस्था रहेकाले सदनमा आएर गृहमन्त्रीले सरकारको तयारीबारे जानकारी दिनुपर्ने माग गरे।
‘गृहमन्त्रीज्यू आफ्नै निर्वाचन क्षेत्रमा गइरहनु भएको छ। यो राम्रो हो। मतदाताहरूले आफ्ना विगतका प्रतिबद्धता खोजिरहनुभएको छ। उहाँले चाहिँ आफ्नो मत फिर्ता लैजानु भनिरहनु भएको छ। तर, हामी यहाँ गृहमन्त्रीजीलाई खोजिरहेका छौं,’उनले भने।
उनले देशभर विपद्का घटना भइरहेकाले त्यसको प्रतिकार्यका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे। उद्धारको अवस्था,राहत सामग्री वितरण तथा पुनर्निर्माण र पुनर्स्थापनाको तयारीबारे पनि गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने उनको भनाइ छ।
‘विपद्मा देशभर के भइरहेको छर? प्रतिकार्यको के तयारी छ ? रेस्क्यू कति भयो? राहत सामग्री कसरी पुर्याइएका छन्रु पुनर्निर्माण र पुनर्स्थापनाबारे के तयारी भइरहेको छरु गृहमन्त्रीले यस विषयमा सदनमा जानकारी दिनुपर्छ,’ पुनले भने।
सांसद पुनले एकातिर ग्यास र अर्कोतिर मल अभाव सिर्जना भएको भन्दै सरकार जनताप्रति जवाफदेही हुनुपर्ने पनि बताए। ‘एकातिर ग्यास अभाव,अर्कोतिर मल अभावको सिर्जना भएको छ। नयाँ भनेको लाइन थप्ने हो। जनताको सरकार जवाफदेही हुनुपर्छ’, उनले भने।
उनले भने, ‘विपदमा परेकाहरूको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकप्टर र सेनाको स्काई ट्रक सामान्य रुघाखोकी लागेका मन्त्रीलाई काठमाडौँ ल्याउन प्रयोग गरिनु गैरजिम्मेवारपूर्ण कार्य हो । राज्यले एकातिर विपद्को सामना गरिरहेको छ भने अर्कोतिर मन्त्रीहरूको सुख सुविधाका लागि साधन स्रोतको दुरुपयोग भइरहेको छ । संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट गरेको छ, हामी कुनै पनि सैन्य गठबन्धन वा शक्तिको पक्षमा ढल्किनु हुँदैन । तिब्बत र दलाई लामाका सम्बन्धमा सरकारको अस्थिर नीतिले अन्तर्राष्ट्रिय स्तरमा देशको स्वाधीनतामाथि प्रश्न उठाउन सक्छ ।’
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालु आर्थिक वर्षमा मन्त्रालयगत रूपमा अघि बढाइने प्राथमिकता, लक्ष्य तथा अपेक्षित उपलब्धिलाई केन्द्रमा राखेर कार्यसम्पादन सम्झौता...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री परिवर्तन गर्ने विषयमा पार्टीभित्र कुनै तयारी वा छलफल नभएको बताएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग...
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३...
काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend