काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको खोजी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले देशभर विपद्को अवस्था रहेकाले सदनमा आएर गृहमन्त्रीले सरकारको तयारीबारे जानकारी दिनुपर्ने माग गरे।
‘गृहमन्त्रीज्यू आफ्नै निर्वाचन क्षेत्रमा गइरहनु भएको छ। यो राम्रो हो। मतदाताहरूले आफ्ना विगतका प्रतिबद्धता खोजिरहनुभएको छ। उहाँले चाहिँ आफ्नो मत फिर्ता लैजानु भनिरहनु भएको छ। तर, हामी यहाँ गृहमन्त्रीजीलाई खोजिरहेका छौं,’उनले भने।
उनले देशभर विपद्का घटना भइरहेकाले त्यसको प्रतिकार्यका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे। उद्धारको अवस्था,राहत सामग्री वितरण तथा पुनर्निर्माण र पुनर्स्थापनाको तयारीबारे पनि गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने उनको भनाइ छ।
‘विपद्मा देशभर के भइरहेको छर? प्रतिकार्यको के तयारी छ ? रेस्क्यू कति भयो? राहत सामग्री कसरी पुर्याइएका छन्रु पुनर्निर्माण र पुनर्स्थापनाबारे के तयारी भइरहेको छरु गृहमन्त्रीले यस विषयमा सदनमा जानकारी दिनुपर्छ,’ पुनले भने।
सांसद पुनले एकातिर ग्यास र अर्कोतिर मल अभाव सिर्जना भएको भन्दै सरकार जनताप्रति जवाफदेही हुनुपर्ने पनि बताए। ‘एकातिर ग्यास अभाव,अर्कोतिर मल अभावको सिर्जना भएको छ। नयाँ भनेको लाइन थप्ने हो। जनताको सरकार जवाफदेही हुनुपर्छ’, उनले भने।
उनले भने, ‘विपदमा परेकाहरूको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकप्टर र सेनाको स्काई ट्रक सामान्य रुघाखोकी लागेका मन्त्रीलाई काठमाडौँ ल्याउन प्रयोग गरिनु गैरजिम्मेवारपूर्ण कार्य हो । राज्यले एकातिर विपद्को सामना गरिरहेको छ भने अर्कोतिर मन्त्रीहरूको सुख सुविधाका लागि साधन स्रोतको दुरुपयोग भइरहेको छ । संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट गरेको छ, हामी कुनै पनि सैन्य गठबन्धन वा शक्तिको पक्षमा ढल्किनु हुँदैन । तिब्बत र दलाई लामाका सम्बन्धमा सरकारको अस्थिर नीतिले अन्तर्राष्ट्रिय स्तरमा देशको स्वाधीनतामाथि प्रश्न उठाउन सक्छ ।’
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend